काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन्।
भेटमा अमेरिका र नेपालको सम्बन्ध तथा आपसी हितबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले न्यानो स्वागत तथा आतिथ्यता लागि धन्यवाद दिएका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल र अमेरिकी राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेन सहभागी थिए।
राष्ट्रसंघको महासभामा भाग लिन पुगेका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले विशेष कार्यक्रम समेत आयोजना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।