काठमाडौं– साफ यू–१९ फुटबल च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ।
काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो। साफ क्षेत्रको उमेर समूहको प्रतियोगिता नेपालमा बिहीबारदेखि सुरु भएको हो।
1695304491.jpg)
प्रतियोगितामा साफ रिजनका ६ टोली सहभागी छन्। बिहीबारबाट सुरु भएको प्रतियोगिता असोज १३ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा चल्नेछ।
नेपाल रहेको समूहमा पाकिस्तानसहित माल्दिभ्ससमेत रहेको छ। समूह बीमा भारत, भुटान र बंगलादेश समावेश छन्।
नेपाली टिम जियारत शेखको कप्तानीमा मैदान उत्रिएको थियो। सुनिल श्रेष्ठ नेपाली टिमको मुख्य प्रशिक्षक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।