काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तावित शिक्षा विधेयकको विरोमा सडक संघर्षमा उत्रिएका शिक्षकहरुलाई आन्दोलनका लागि वैकल्पिक विधि अपनाउन अनुरोध गरेको छ।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै माग राख्नका लागि आन्दोलका वैकल्पिक विधिहरु रहेकाले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न अनुरोध गरेको हो।
रास्वपाले भनेको छ, ‘शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं।’
रास्वपाले संसद्मा दर्ता भएकव शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौंमा थालेको आन्दोलनप्रति आफूहरु संवेदनशील रहेको जनाएको छ। ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरेर आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।