• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवालाई भेटेर शेखरले भने– तपाईं जेसुकै गर्नुस्, हामी हाम्रो रुपमा अघि बढ्छौँ

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १४:०६
1140x725

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार इतर समूहका नेताहरूलाई बोलाएर बैठक गरेका कोइरालले बैठकको भोलिपल्टै सभापति देउवालाई भेटेर आफ्नो पक्षको कुरा राखेका हुन्। 

कानुनमन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर कोइराला देउवालाई भेट्न धुम्बाराही पुगेका थिए। उनले पार्टी सञ्चालनदेखि सभापति भएपछि गरेका कामहरूको बारेमा असन्तुष्टि व्यक्त गरे। यसरी पार्टी अघि नबढ्ने भन्दै उनले सच्चिन आग्रह गरेका थिए। कोइरालाले कोशी प्रदेश, केन्द्रको सरकार सञ्चालनदेखि भातृ संगठन र अन्य निर्णयमा असन्तुष्टि राखेको उनीसँगै भेटमा सहभागी एक नेताले बताए। 

बुधबार बिहान ११ बजे देउवा र कोइरालाबीच करिब ४५ मिनेट कुराकानी भएको र दुवै खरो रुपमा प्रस्तुत भएको ती नेताले बताए। नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापतिले निरन्तर एकलौटी रुपमा निर्णय गर्दै जाँदा आफूहरू मौन भएर बसेकै कारण कमजोरी नसम्झन पनि अनुरोध गरेका थिए। 

‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्दै आउनुभयो। अहिले पनि यो  कुरा रोकिएन,’ कोइरालाले भने ‘यस्ता निर्णय गर्दा न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग सोधिन्छ। तपाईंको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन  सक्दैन,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती नेतााले बताए। उनले अहिले सभापतिको एकल निर्णयले पनि राष्ट्रिय राजनीतिमा पार्टीलाई नोक्सान भइरहेको बताएका थिए। उनले सरकार सञ्चालनका क्रममा माओवादीले एकपछि अर्को गल्ती गर्ने तर त्यसको बचाउ र अपजस नेपाली कांग्रेसले बोकेर जवाफ दिँदै हिँड्नु परेको बताए। 

नेता कोइरालाले सरकारमा पठाउने मन्त्रीहरूको चयनमा पनि  छलफल नगरिएको र मन्त्री भएपछि थाहा पाउनुपर्ने गुनासो आउनु गलत भएको बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत भएका कारण सरकार गुमाउनु परेको बताएका थिए। कोशीमा असंवैधानिका कार्य हुदाँ अदालतले समेत उल्टाउने कार्य हुनाले कांग्रेसमा क्षति भएको र यसको जिम्मेवारी सभापतिले लिनुपर्ने भनाइ उनले राखेको ती नेताले बताए। आगामी दिन सरकारमा फर्कनका लागि संवैधानिक बाटो र सही निर्णय लिनुपर्ने सुझाव कोइरालाले दिएका थिए।

यसैगरी उनले भ्रातृ संस्थाहरूको गठन र विस्तारमा समेत परामर्श नगरिएको भन्दै गुनासो गरे। 

‘तपाईंले गलत गर्दा मैले यसअघि पनि सच्चिएर अघि बढ्न भनेको हुँ। तर तपाईं रोकिनुभएन,’ भेटमा कोइरालाले भनेका थिए, ‘यदि तपाईं नसच्चिने हो भने भन्नूस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस्।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कोइरालाको आक्रोशपछि देउवाले उनलाई सम्झाउन खोजेका थिए। देउवाले सबैलाई मिलाएर लान अहिले पनि आफू तयार रहेको र लैजाने आश्वासन पनि दिएका थिए। तर कोइरालले नेपाल विद्यार्थी संघ र तरुण दलमा आफूहरूसँग पनि नाम मागिएको र दिएको तर एकलौटी रुपमा विधान विपरीत जम्बो समूह किन बनाइयो भनी प्रश्न गरेका थिए। कोइरालाले पार्टीभित्र सबैलाई मिलाएर नलैजाने भए आफ्नो सुरले अघि बढ्न र आफूहरू पनि आफ्नो हिसाबले अघि बढ्ने चेतावनी दिएका थिए।

‘यसअघि पनि तपाईंलाई हामीले भनेकै हौँ। अब तपाईं आफ्नो रुपमा अघि बढ्नूहोस्, हामी हाम्रै रुपमा अघि बढ्छौ ’ कोइरालले देउवालाई आफ्नो गुटको अन्तिम सन्देश सुनाएको भेटमा सहभागी एक नेताले बताए। 

कोइराला आफ्नो कुरा राखेर धुम्बाराहीवाट निस्केका थिए। ०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा कोइराला देउवासँग दोस्रो चरणमा पुगेर पराजित भएका थिए। देउवाले त्यसबेला नेतृत्वमा आफू अन्तिम पटक रहने भन्दै सभापतिमा भोट मागेका थिए।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कप्तान ऐरीको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य
भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति
जलवायुजन्य क्षति सम्बोधनका लागि समयमै अनुदान उपलब्ध गराउन कोप-३१ मा नेपालको आग्रह
सम्बन्धित सामग्री
जलवायुजन्य क्षति सम्बोधनका लागि समयमै अनुदान उपलब्ध गराउन कोप-३१ मा नेपालको आग्रह नेपालले यस्तो सहायता अनुदानमा आधारित हुनुपर्ने र प्रभावित समुदायले सहजै पाउनुपर्नेमा जोड दिएको छ । मंगलबार, मंसिर १, २०८३
किन खोज्दैछ एनआरएनए राजनीतिक आबद्धताबाट दूरी ? संघका महासचिव डा. चिरञ्जीवी खड्काले आन्तरिक परिपत्र जारी गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्का सबै पदाधिकारी तथा सदस्यलाई राजनीतिक उ... मंगलबार, मंसिर १, २०८३
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा सचिवालयले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा खिचिएका ती तस्बिर र भिडियोको प्रतियोग... मंगलबार, मंसिर १, २०८३
ताजा समाचारसबै
कप्तान ऐरीको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य मंगलबार, मंसिर १, २०८३
भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति मंगलबार, मंसिर १, २०८३
जलवायुजन्य क्षति सम्बोधनका लागि समयमै अनुदान उपलब्ध गराउन कोप-३१ मा नेपालको आग्रह मंगलबार, मंसिर १, २०८३
लुम्बिनीविरुद्ध सुदूरपश्चिमको फेरि खराब सुरुवात, पहिलो पावर प्लेमै ३ विकेट पतन, २० रन मंगलबार, मंसिर १, २०८३
किन खोज्दैछ एनआरएनए राजनीतिक आबद्धताबाट दूरी ? मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्