काठमाडौं– संविधान दिवसको अवसर पारेर ६७० जनाले कैद माफी पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस अनुसार माफी दिएका हुन्।
उनीहरुको माफी संविधान दिवस असोज ३ गते देखि लागू हुने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिले ६७० जनाको कैद माफी मिनाहा गरेका उनीहरु ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको दाबी गरिएको छ।
सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।