काठमाडौं– मंगलबारदेखि सिजन २०२३/२४ को युईएफए च्याम्पियन्स लिग सुरु हुँदैछ। नेपाली समयअनुसार मंगलबार राति साढे १० बजेबाट च्याम्पियन्स लिगका खेलहरु सुरु हुँदैछन्।
समूह चरणका खेलहरु १९ सप्टेम्बरदेखि १३ डिसेम्बरसम्म चल्नेछन्। जुन १ मा बेम्बेलीमा फाइनल खेल हुनेछ।
यो अहिलेको ढाँचाका अन्तिम च्याम्पियन्स लिग हो। जहाँ प्रत्येक ४ टोलीमध्ये समूहको शीर्ष २ टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्।
अर्को सिजनबाट भने ३२ बाट ३६ टोली समावेश गराइनेछ। ती सबैले ८ खेल खेल्नेछन्। त्यो पनि आठ फरक विपक्षीसँग। यी सबै खेलहरु होम एण्ड अवेको आधारमा खेलाइनेछ।
पहिलो दिन मंगलबार ८ वटा खेलहरु हुनेछन्। आज हुने खेलहरुमध्ये फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच हुने खेललाई निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ।
यस्तो छ आज हुने खेलहरु नेपाली समयमा
एसी मिलान भर्सेस न्युक्यास्टल (राति साढे १० बजे)
योङ ब्वाईज भर्सेस आरबी लेइपजिग (राति साढे १० बजे)
फेनिवुर्ड भेर्सेस सेल्टिक (राति पौने १ बजे)
म्यानचेस्टर सिटी भर्सेस रेड स्टार बेलग्रेड (राति पौने ११बजे)
आजिओ भर्सेस एथ्लेटिको मड्रिड (राति पौने १ बजे)
पीएसजी भर्सेस बोरुसिया डर्टमण्ड (राति पौने १ बजे)
बार्सिलोना भर्सेस रोयल एन्टवर्प (राति पौने १ बजे)
शाख्तर डोनेस्क भर्सेस एफसी पोर्तो (राति पौने १ बजे)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।