काठमाडौं– भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्क पुग्न कम्तिमा डेढ घण्टासम्मको समय लाग्छ। तर बुधबारदेखि भने उक्त समय घट्ने भएको छ।
बुधबार संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा आउँदैछ। जसका लागि मंगलबार सडकमा धमाधम डेडिकेटेड लेन बनाउने काम भइरहेको छ।
संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाइरहेको छ। बुधबार उद्घाटन हुने र बिहीबारदेखि २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।