काठमाडौं– आज नेपाली हिन्दू महिलाहरुको महान चाड तीज। तीजका अवसरमा सोमबार बिहानैदेखि विभिन्न मन्दिरहरुमा भीड लागेको छ।
पशुपति नाथ मन्दिरमा चार वटा क्षेत्रबाट दर्शनका लागि खुला गरिएको छ। बिहान पाँच बजेदेखि नै ब्रतालु महिलाहरु मन्दिरमा पुगेर लाइन लागेका थिए।
देशभरका शिव मन्दिरहरुमा ब्रतालु महिलाहरुको भीड छ। साथै महिलाहहरुले पूजापछि विभिन्न समूहमा नाचगानसमेत गरिरहेका छन्।
हेर्नुहोस् तस्बिरहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।