काठमाडौं- डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनी ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ। स्क्वायर होटल, पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्समार्फत ई-सेवा मनी ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरि पनि काठमाडौँमा घर योजना सार्वजनिक गरेको छ।
प्रेस कन्फरेन्स ई-सेवा मनि ट्रान्स्फर र ई-सेवाबीच सम्झौता परिस्थापना सँगै सुरु भएको थियो। यो अभियान असोज १, २०८० बाट सुरु भएर असार ३१, २०८१ सम्म जारी रहने, कम्पनी स्रोतले जनाएको छ।
परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो। साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ।
‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।