काठमाडौं- न्याय परिषद्को बैठकले थप १२ न्यायाधीशको सरुवा गरेको छ। परिषद्को आइतबार बसेको बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ न्यायाधीश सरुवा गरेको हो।
यसअघि भदौ २९ गते बसेको परिषद्को बैठकले ३४ उच्च अदालतका न्यायाधीश र २६ जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको थियो।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षमा बसेको परिषद्को बैठकले उच्च अदालतका शारङ्गा सुवेदी, रत्नबहादुर वागचन्द, बलभद्र बास्तोला, बामदेव ज्ञवाली, रामबहादुर थापा, निलम पौडेल र उज्ज्वल शुक्लाको सरुवा गरेको हो।
यी हुन सरुवा हुने न्यायाधीश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।