काठमाडौं- श्रीलंकामा जारी एसिया कपमा भारतका तीव्र गतिका बलर मोहम्मद सिराज एक्लैले पाँच विकेट लिएका छन्। उनले फाइनलमा घरेलु टोली श्रीलंकाविरुद्ध एकै ओभरमा चार विकेट लिएका थिए। कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ८ ओभरमा ६ विकेट गुमाउँदै २९ रन बनाएको छ।
क्रिजमा कुशल मेन्डिस ५ र दासुन शानका छन्। श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो। तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए। तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको पहिलो बलमा अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए।
एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट गरेपछि भारतले सानदार सुरुवात गरेको थियो। पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए।
ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए। तर अन्तिम बलमा सिल्भा पनि एज लागेर विकेटकिपरबाट क्याच आउट भएपछि संकटमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।