काठमाडौं– नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारले संसद्मा दर्ता गरेको बहुचर्चित विद्यालय शिक्षा विधेयक- २०८० माथि सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
राजधानीको आर. आर. क्याम्पस अगाडि आयोजित अन्तरक्रियामा शिक्षा क्षेत्रका सरोकारवालाहरुहरुले यो विधेयक जस्ताको तस्तै कार्यान्वयनमा ल्याइए नेपालको समग्र शिक्षा क्षेत्र संकटमा पर्न सक्ने धारणा राखेका छन्।
अनेरास्ववियूकी अध्यक्ष आरती लामाको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले विद्यालय शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन्।
विधेयकका केही दफाहरुमा गरिएको व्यवस्था शिक्षक र विद्यार्थी समुदायको हित विपरीत रहेको उल्लेख गर्दै चौधरीले आफूले संसद्मा यसको संशोधनका लागि संघर्ष गर्ने प्रष्ट पारे।
अन्तरक्रियामा शिक्षाविद प्रा डा विद्यानाथ कोइरालाले विधेयकले निजी र सार्वजनिक शिक्षाबीचको असमानता हल गर्ने ठोस उपाय निकाल्न नसक्ने दाबी गरे। शहरका निजी विद्यालयमा ५० देखि ७० प्रतिशत जनताका छोराछोरी पढ्ने गरेको उल्लेख गर्दै डा कोइरालाले बालबालिकाको स्तर मापन हुने गरी शिक्षा प्रदान गर्न नसकिएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।