काठमाडौं– सुजल फूड प्रालिले आफ्नो लोकप्रिय उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ। ‘वन्ली चोकोफन’ भन्ने थिमसहित कम्पनीले नयाँ विज्ञापन अभियान सुरु गरेको छ।
विगत २ दशकदेखि नेपाली बजारमा लोकप्रिय रहेको चोकोफन देशकै पहिरो ‘ओरिजिनल चकलेट’ भएको कम्पनीको दाबी छ। कम्पनीले विज्ञापन अभियानमार्फत् बालबालिकाको हरेक रमाइला पलहरुमा ‘वन्ली चोकोफन’ले पूर्णता दिन्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ।
कम्पनीले विद्युतीय माध्यमबाट प्रसारण हुने विज्ञापनका लागि बालबालिकाहरुले दैनिक जीवनमा संगाल्दै आएका मिठा पलहरुलाई समेटेर श्रव्य–दृश्य सामग्री तयार पारिएको जनाएको छ।
कम्पनीले चोकोफन स्वादका हिसाबले मात्रै नभइ गुणस्तरका हिसाबले पनि उत्कृष्ट भएको दाबी गरेको छ। अत्याधुनिक मेसिनहरुको प्रयोग र उच्च स्वास्थ्यकर वातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन हुने गरेको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।