• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एसिया कपको उपाधि भिडन्त: भारत र श्रीलंकामध्ये कसको पल्ला भारी?

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०८०  १९:५०
1140x725

काठमाडौं– एसिया कप सुरु हुनै लाग्दा धेरैको अनुमान थियो उपाधि भिडन्त भारत र पाकिस्तानबीच हुनेछ। उपाधिका लागि भारत र पाकिस्तान तेस्रोपटक आमुन्ने–सामुन्ने हुने आकलनका बीच दुई देशका क्रिकेट प्रशंसकले आ–आफ्नो टोलीको बलियो पक्षलाई देखाउँदै उपाधि जित्ने दाबी गर्न थालेका थिए। तर परिस्थिति पहिले आकलन गरेअनुसार बनेन। 

केही दिन अगाडिसम्म एकदिवसीय क्रिकेटको विश्व वरीयतामा १ नम्बरमा रहेको टोली पाकिस्तान एसिया कपको सुपर फोरबाटै बाहिरिएपछि स्थिति फरक बनेको छ। र, अब एसिया कपको उपाधिका लागि भारत भर्सेस श्रीलंकाको स्थिति बनेको छ। 

सुपर फोरसम्म पाकिस्तानको यात्रा जति सहज थियो, त्यति नै अनेपेक्षित उसको बहिर्गमन बन्यो। समूह चरणमा एउटा पनि हार नबेहोरी सुपर फोरमा पुगेको पाकिस्तानले त्यसपछिका खेलमा भने अनपेक्षित हार बेहोर्नुपर्‍यो। 

पाकिस्तानपछि श्रीलंकालाई पनि हराउँदै भारतले १ खेल अगावै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। भारतसँग पराजित भएपछि सुपर फोरबाटै बाहिरिने चिन्तामा रहेको श्रीलंका अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। 

भारत भर्सेस श्रीलंका
सन् १९८४ देखि सुरु भएको एसिया कपको यसपटक १६औं श्रृङ्खला हो। हालसम्म भारतले सबैभन्दा धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ। भारतपछि श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ। 

उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। उपाधिका लागि भएका ८ मध्ये ५ प्रतिस्पर्धामा भारत विजयी भएको छ। श्रीलंकाले भारतलाई हराएर ३ पटक उपाधि जितेको छ। एसिया कपको उपाधिका लागि भारत–श्रीलंका आइतबार नवौं पटक एक–अर्काविरुद्ध मैदान उत्रिँदैछन्।  

श्रीलंकाले सन् १९९७, २००४ र २००८ मा भारतलाई हराएर उपाधि जितेको छ। यस्तै, भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५ र २०१० मा श्रीलंकालाई हराएर उपाधि जितेको छ। 

एसिया कपमा भारत र श्रीलंका दुवै टोलीको इतिहास कमजोर छैन। तर वर्तमान भने भारतको बलियो छ। भारतले जारी एसिया कपको फाइनलसम्म पुग्दा एउटा पनि हार बेहोरेको छैन। समूह चरणमा पाकिस्तानसँग बराबरी खेल्नु बाहेक अन्य खेलमा भारतले जित हासिल गरेको छ। यद्यपि केही खेलमा भने भारतीय टोलीको कमजोरी पनि उदाङ्गिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलोपटक एसिया कप खेलेको नेपालसँग कमजोर फिल्डिङ गरेको भारत अहिले कमजोरी सच्याएर बलियो बनेको छ। पाकिस्तानसँग रोमाञ्चक जित हासिल गरेको श्रीलंकाको पनि बलिङ बलियो देखिएको छ। तर भारतीय बलरसामू आफ्ना ब्याटर नचल्दा सुपर–फोरको एउटा खेलमा २१४ रनको ‘सामान्य’ लक्ष्य पाउँदा पनि श्रीलंका १७२ रनमै अलआउट भएको थियो। 

लामो ब्याटिङ लाइनअप रहेको श्रीलंकालाई भारतले कमजोर भने आकेको छैन होला। श्रीलंकासँग कुसल परेरा, समवीरा र असालंका जस्ता मध्यक्रमका भरपर्दा ब्याटरहरु छन्। विकेटकिपर कुसल मेन्डिस पनि राम्रा ब्याटर हुन्। यस पटकको एसिया कपमा उनले २९०को आँकडा बनाएका छन्। पछिल्ला ४ खेलमध्ये उनले ३ खेलमा अर्धशतक पार गरेका छन्। 

श्रीलंकालाई ‘होम ग्राउण्ड’को अनुभवले पनि फाइदा पुग्नेछ। साथै समर्थकको पनि साथ हुनेछ। फाइनल खेल हुने कोलम्बोको खेल मैदानको ‘विशेषता’ पनि श्रीलंकाको पक्षमा छ। स्पिनरमैत्री पिच रहेको कोलम्बोमा श्रीलंकाका स्पिनरले भारतीय ब्याटरलाई अप्ठ्यारो पार्न सक्छन्। भारतीय ब्याटरले खुलेर खेल्न पाएनन् भने नतिजा श्रीलंकाको पक्षमा पनि जान सक्छ। सुपर फोरको म्याचमा श्रीलंका भारतलाई २१३ मै रोक्न सफल भएको थियो। 

उपाधि दाबेदार भारत उच्च मनोवलका साथ फाइनल पुगेको छ। समूह चरणमा पाकिस्तासँग बराबरी खेलको भारतले नेपालसँग १० विकेटको जित निकालेको थियो। सुपर फोरमा श्रीलंका र पाकिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो। 

Xtrem

Xtrem

भारतका अधिकांश खेलाडीहरु अहिले उच्च फर्ममा रहेका छन्। ब्याटिङको नेतृत्च कप्तान रोहित शर्माले गरिरहेका छन्। कप्तान रोहितले ४ पारीमा औसतमा ६५ रन बनाएका छन्। उनले १९४ रन बनाएका छन् भने पछिल्ला ३ खेलमा अर्धशतक बनाएका छन्। 

सुपर फोरमा पाकिस्तानको सामना गर्दा रोहितले शुभमन गिलसँग ओपनिङ गरेका थिए। आक्रामक ५० रन बनाउँदै रोहितले आफू टप फर्ममा फिर्ता आएको संकेत दिएका थिए। सोही खेलमा मध्यक्रमका ब्याटर विराट कोहली र केएल राहुलले शानदार शतक प्रहार गरेका थिए। हार्दिक पाण्ड्या र इशान किसनले पाकिस्तानविरुद्ध पहिलो खेलमै शानदार प्रदर्शन गरेका थिए। ब्याटिङमा भारतको ओपनिङसँगै मध्यक्रम पनि बलियो छ। 

भारतको बलिङ पनि कमजोर छैन। श्रीलंकाविरुद्ध कुलदीप यादव भारी पर्ने देखिन्छ। किनकि सुपर फोरको म्याचमा श्रीलंकाका ४ जना महत्त्वपूर्ण ब्याटरलाई कुलदीप एक्लैले आउट गरेका थिए। कुलदीपले जारी एसिया कपका २ खेलमा ९ विकेट हात पारेका छन्। उनको सहयोगका लागि रविन्द्र जडेजा छन्, जसले किफायती बलिङ गर्दै महत्त्वपूर्ण विकेट लिने गरेका छन्। 

भारतीय टिममा ‘धारिलो हतियार’ जसप्रित बुमराह छन्। चोटपछि खेलमा फर्किएका उनी अहिले फर्ममा छन्। 
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
सम्बन्धित सामग्री
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्