काठमाडौं– जारी एसीसी एसिया कपमा पाकिस्तानले श्रीलंकालाई २५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जित्दै पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाउँदै २५२ रन बनाएको हो।
वर्षाका कारण ५० ओभरको खेल ४२ ओभरमा झारिएको थियो। पाकिस्तानका लागि सर्वाधिक मोहम्मद रिजवानले ७३ बलको सामना गर्दै नटआउट ८६ रन बनाएका छन्।
यस्तै इफ्तिकर अहमदले ४० बलमा ४७ रन जोडे भने अब्दुलाह शफिकले ६९ बलमा ५२ रनको योगदान दिए।
कप्तान बाबर आजम भने ३५ बलको सामना गर्दै २९ रनमा आउट भएका थिए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।