फाइल तस्बिर
काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।
खेलाडी संघले मंगलबार ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ। बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भएका हुन्।
मनोनयनसँगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ। भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।