काठमाडौं– भारतले एसिया कपको सुपर फोर प्रतिस्पर्धामा पाकिस्तानलाई जितका लागि ३५७ रनको लक्ष्य दिएको छ।
टिमले रिजर्ब डे मा पूरा ५० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा ३५६ रन बनाएको हो। भारतका लागि के एल राहुल र विराट कोहलीले नटआउट शतक पारी खेले।
विराट कोहलीले वान डे करिअरमै ४७ औं शतक प्रहार गरेका छन्। उनले ९४ बलको सामना गर्दै १२२ रन बनाए। यता केएल राहुलले पनि १०६ बलको सामना गर्दै १११ रन बनाए।
योसँगै भारतले पाकिस्तानविरुद्ध वान डे मा आफ्नो सबैभन्दा ठंलो स्कोरको बराबरीसमेत गरेको छ। यसअघि भारतले २००५ मा विशाखापट्नममा पाकिस्तानविरुद्ध ९ विकेटको क्षतिमा ३५६ रन बनाएको थियो।
एसिया कपमा यो स्कोर पाकिस्तानविरुद्ध भारतको सबैभन्दा ठूलो हो। यसअघि भारतले मीरपुरको मैदानमा २०१३ मा ३३० रन बनाएको थियो। कोहलीले उक्त प्रतिस्पर्धामा १८३ रनको उत्कृष्ट पारी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।