काठमाडौं– भारत–पाकिस्तान एसिया कपको प्रतियोगिता रिजर्ब–डे मा खेल सुरु भएको छ। श्रीलंकाको कोलम्बोमा स्थित प्रेमदासा स्टेडियममा खेल सुरु भएको हो।
सोमबार वर्षाका कारण रोकिएको खेल सुरु भएपछि भारतले १५० रन पार गरेको छ। यतिबेला क्रिजमा विराट कोहली र केएल राहुल रहेका छन्।
आइतबार २४.१ ओभरको खेलमा दुई विकेट गुमाउँदै १४७ रन भारतले बनाएको थियो। तर निरन्तर वर्षा भएपछि खेल अघि बढ्न सकेन।
यतिबेला भारतले २८ ओभरको समाप्तिमा १६३ रन बनाएर खेलिरहेको छ। कोहलीले २६ बल खेल्दै १९ रन बनाएर खेलिरहेका छन् भने केएल राहुलले ४१ बलमा २२ रन बनाएर खेलिरहहेका छन्।
भारतका लागि आइतबार ओपनर सुभमन गिलले ५८ रन बनाएका छन्। उनले आफ्नो वान डे करिअरमा आठौं अर्धशतक पूरा गरेका हुन्। उनले ५२ बलमा १० चौका हानेका थिए।
यस्तै कप्तान रोहित शर्माले पनि आइतबार अर्धशतक बनाए। उनले आफ्नो ५० औं अर्धशतक पूरा गरेका छन्। आइतबारको खेलमा उनी ४९ बलमा ५६ रन बनाएर आउट भएका थिए। उनले ६ चौका र ४ छ्क्का हानेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।