काठमाडौं– भारत र पाकिस्तानका बीचमा श्रीलंकाको कोलम्बोमा भइरहेको एसिया कपको म्याच वर्षाका कारण रोकिएको छ। अब आज उक्त खेल अगाडि नबढ्ने भएको छ।
आज रोकिएको खेल सोमबार हुने भएको हो। पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो।
पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाउँदै १४७ रन बनाएको थियो। वर्षाका कारण त्यसपछि खेल सुरु हुनसकेन।
1694360641.png)
अब भारतीय टिमले आफ्नो पारी भोलि अर्थात सोमबार यहिँबाट अगाडि बढाउनेछ। विराट कोहली ८ र केएल राहुल १७ रन बनाएर नटआउट छन्। ओपनिङमा आएका कप्तान रोहित शर्माले ५६ र सुशमन गिललले ५८ रन बनाएका थिए।
भारत र पाकिस्तानका बीच लीग राउन्डमा पनि वर्षाका कारण खेल रद्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।