काठमाडौं- एसिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
बुधबार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो। स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब ‘हाइ टाइम’ भइसकेकाले सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए। एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने उनको भनाइ थियो।
भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र खेलबाट खेलाडीले धेरै कुरा सिकेको पनि उनले बताए सरकार र निजी निकायहरूले खेलाडीहरुमा लगानी बढाउन आवश्यक रहेको धारणा उनले राखे।
‘विश्वकै उत्कृष्ट बलरले बल फालिँरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो। नयाँ अनुभव लिएका छौँ। अब हाइ टाइम भइसक्यो, अब इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ। स्पसल्ली पिचहरू भए, ग्राउण्ड भए, प्रिप्नेसन गर्न सकिन्छ। सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।