• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक

64x64
रासस बुधबार, भदौ २०, २०८०  १७:३३
1140x725

धुलिखेल– पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ। वारि डाँडामा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा। जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको घुइँचो उत्तिकै छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको तीनधारे झरना पछिल्लो समयमा सबैको रोजाइको केद्र बनेको छ। ‘झरना हेर्न र घुम्न त आइयो तर त्यहाँसम्म त जान सकिँदैनजस्तो छ, यहीँबाट पनि राम्रो देखिने रहेछ’, तीनधारे झरना घुम्न पुगेका पत्रकार रक्तिम लामाले भने, ‘यतैबाट हेरेर फर्किनु पर्ला।’ झरनाको सुन्दर दृश्य अवलोकन गर्न वारि डाँडामा निर्माण गरेको रेलिङमा अडेस लगाउँदै उनले भने। यहाँको प्राकृतिक सुन्दरताका कारण प्रकृतिमा रम्न चाहनेहरु दैनिक रुपमा यसरी नै त्यस ठाउँमा पुगेर आनन्द लिने गरेका छन्। झरनाको कञ्चन पानीमा पौडी खेल्ने र छङ्छङ् झरिरहेको पानीमा रुझेर आनन्द लिनेहरुको भीड पनि उत्तिकै छ त्यहाँ।

काठमाडौंबाट झरना अवलोकन गर्न काफलडाँडा पुगेका मिङ्मा शेर्पाले पर्यटन विकासको सम्भावना बोकेको ठाउँ अति नै मनमोहक लागेको बताए। झापा घर भएर काठमाडौं बस्दै आएका उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् झरनाका बारेमा जानकारी पाएको बताउँदै त्यहाँ पुग्दा झन् मोहित बनेको सुनाए। झरनासम्म पुग्नका लागि सडक सुविधामा भने सुधार गर्नुपर्ने उनको सुझाव छ।

बालककालदेखि नै सो डाँडामा घाँसदाउरा गर्दै आएका वडा नं २ का स्थानीय बासिन्दा हिराकाजी बलले झरनाको प्रचार भएपछि मात्र यस ठाउँले विकासमा फड्को मार्न सकेको बताए। पहिलादेखि प्रख्यात रहेको भुरुङ्गे लेकसम्म मोटरबाटो भएको खण्डमा डाँडापारिबाट समेत घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ। वडा नं १ ताङलिङका अर्का बासिन्दा सिंगध्वज थोकरले झरना भएको ठाउँमा पहिला शक्तिशाली नाग रहेको पुर्खाहरुले सुनाउने गरेको स्मरण गर्छन्। पहिला सबै ठाउँका नागहरु शनिबार भेला हुने गरेको कथनसमेत सुनाउने गरेको पुर्खाको भनाइ उद्धृत गर्दै उनले भने। 

जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। सो क्रममा झरनाको अवलोकन गर्न पुगेका नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा झरना भएको ठाउँमा पुगेपछि छुट्टै आनन्द मिल्ने गरेको अनुभूति भएको बताउँछन्। सो ठाउँको विकासका लागि अन्तरपालिकाको समन्वय बैठकबाट विकास र प्रवर्द्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचारको प्रभाव बढ्दै गएको र यसको महत्व पनि फराकिलो बन्दै गएको अवस्थामा अब राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र बनाउन पहुँच मार्ग निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। ‘अहिले पालिकाको सीमित स्रोतसाधनबाट मात्रै प्रयास गर्दै आएका छौं, अब प्रदेश सरकारसम्म यसको कुरा पुगिसकेको छ’, उनले भने। झरना क्षेत्रलाई अझ सुधार गर्दै पर्यटकको गन्तव्यस्थल बनाउन पालिकाले विस्तृत परियोजना रिपोर्टसमेत बनाइसकेको छ। पालिकाले अहिले झरनासम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने र माथि डाँडाबाट झरनासम्म जाने बाटोमा रेलिङ हाल्ने काम भइरहेको उनले बताए।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले झरनाको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय बासिन्दाको आयस्तरमा पनि वृद्धि हुने खालको योजना बनाउन आवश्यक रहेको बताए। पर्यटकलाई स्थानीय उत्पादनको परिकार खुवाएर आम्दानी लिने र त्यहाँ पाइने जडीबुटीको प्रशोधन गरी आम्दानीको स्रोतमा वृद्धि हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।

उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले झरना क्षत्रेमा पुगेर मुलुकले समृद्धि, आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउन तीनधारे झरनाको पर्यटकीय विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए। यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभ्रे जिल्लाकै सम्पत्तिका रुपमा रहेकाले यस क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्वहरु हातेमालो गर्नुपर्ने बताए। 

Xtrem
Xtrem

उनले झरना क्षेत्रमा जिपलाइन सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको उल्लेख गरे। दाप्चादेखि फलामेसाँघु र फलामेसाँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि आफूले पहल गर्ने बताए। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले तीनधारे झरनाको विकासको लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए। झरना जाने सिंढीहरु निर्माण, रेलिङलगायत पक्की सडक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै काफलडाँडामा स्थानीयवासीले घरबास पर्यटन (होमस्टे) समेत सञ्चालनमा ल्याएको छ भने स्थानीय बासिन्दाले त्यही उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गरेर आम्दानीसमेत लिँदै आएका छन्। गाउँपालिकाले पनि झरनाको विकाससँगै नागरिकको जीवनस्तरमा सुधार ल्याउन वडा नं २ को आयोजना तथा गाउँपालिकाको समन्वयमा ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवर्द्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम’ आयोजना गरी विकास प्रवर्द्धनमा जोड दिएको छ।

२०२८ सालमा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा थियो। कोरोना कहरको बीचमा मानिसहरु घुम्न जाने गरेपछि एकाएक चर्चामा आएको हो।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्