काठमाडौं– मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
यस्तै, कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन। तीनवटै खेलको टससमेत हुनसकेको छैन।
प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ। लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।
आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ। समूह ‘ए’ मा ४ खेल जितेको युएई ४ खेलमा ८ अंकसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।