काठमाडौं– वान डे वर्ल्ड कपका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ। बीसीसीआईका चीफ सेलेक्टर अजित अगरकरले भारतीय समय अनुसार दिउँसो साढे १ बजे भारतीय टोलीका १५ खेलाडीको नाम घोषणा गरेका हुन्।
श्रीलंकाको क्यान्डीमा भएको प्रेस कन्फ्रेन्समा अजित अगरकरका साथै भारतीय टोलीका कप्तान रोहित शर्मा पनि उपस्थित थिए।
भारतमा हुने वान डे विश्वकपको सुरुवात ५ अक्टुबरदेखि हुँदैछ। भारतको पहिलो खेल ८ अक्टुबरमा चेन्नईको चेपांक मैदानमा अस्ट्रेलियासँग हुने भएको छ।
यस्तो छ भारतीय टिम
रोहित शर्मा(कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ईशान किशन, सूर्याकुमार यादव, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दूल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव।
विश्वकपका लागि एसिया कपमा चुनिएका १८ खेलाडीमध्ये १५ जनालाई छानिएको हो। एसिया कपमा रहेका तिलक वर्मा, प्रसिद्ध कृष्णा र सञ्जु स्यामसन भने विश्वपमा स्थान बनाउन सफल भएनन्। टीममा युजवेन्द्र चहललाई पनि मौका मिलेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।