काठमाडौं– श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको नेपाल भारतबीचको खेल सुरु भएको छ।
एसीसी एसिया कप अन्तर्गत समूह ए को समूह चरणको अन्तिम खेल वर्षाका कारण रोकिएको थियो। रेफ्रिले मैदान जाँच गरेपछि साढे १० बजेबाट खेल सुरु भएको हो।
साथै खेलको ओभर पनि झारिएको छ। ५० ओभरको खेल अब २३ ओभरमा सीमित पारिएको छ।
ओभर घटेसँगै भारतका लागि लक्ष्य पनि घटेको छ। अब भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आशिफ शेखको अर्धशतकीय पारीमा २३१ रनको लक्ष्य दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।