काठमाडौं– एसीसी एसिया कपमा जारी नेपाल र भारतबीचको खेल केही बेरमा सुरु हुने भएको छ।
वर्षाका कारण रोकिएको खेल फेरि सुरु हुने भएको हो। अहिले पल्लेकेले क्रिकेट स्टेडियममा वर्षा रोकिएपछि कभर हटाइँदै छ।
ग्राउन्ड स्टाफ मैदान तयार गर्न जुटेका छन्। खेल सुरु भएपछि लक्ष्य हेरफेर गरिनेछ। जसमा ओभर कटौटी गरिनेछ।
कति कटौटी गर्दा कति हुन्छ लक्ष्य?
४५ ओभरमा झारिएमा भारतलाई २२० रनको लक्ष्य हुनेछ भने ४० ओभरको बनाउँदा २०७ रनको लक्ष्य हुनेछ। यदि ३५ ओभरको खेल हुँदा १९२ रन र ३० ओभरको हुँदा १७४ रनको लक्ष्य हुनेछ। खेल २० ओभरमा झारिएको खण्डमा भने १३० रनको लक्ष्य हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।