काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपमा नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।
नेपालका लागि ओपनर आशिफ सर्वाधिक शेखले ९७ बलको सामना गर्दै ५८ रनको योगफल जोडे। यस्तै सोमपाल कामीले ४८ रन जोडे। आशिफले आफ्नो वान डे करिअरमै १०औं अर्धशतक पूरा गरेका हुन्।
नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २९ रनको योगदान दिए। यस्तै अलराउण्डर गुलशन झाले २९ रन बनाउँदा भिम सार्कीले ७ रन बनाए।
भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान/तीन तीन विकेट लिए भने मोहमद शामी र हार्दिक पाड्याले एक/एक विकेट लिए।
समूह ए अन्तर्गत समूह चरणको यो अन्तिम खेल हो। भारत नेपाललाई पराजित गरेर सुपर फोरमा जाने योजनामा छन्। यदि आजको खेलमा भारत पराजित भए नेपाल सुपर फोरमा पुग्नेछ र भारत प्रतियोगिताबाटै बाहिरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।