काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपमा भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको नवौं विकेट पतन भएको छ।
नेपालका सोमपाल कामी ४७.२ ओभरमा क्याच आउट भएका छन्। उनलाई भारतका मोहम्मद समीले विकेट लिएका हुन्।
सोमपाल भारतविरुद्ध अर्धशतक बनाउन दुई रनले चुकेका छन्। उनले ५६ बलमा ४८ रन बनाएर आउट भए।
यस्तै सन्दीप लामिछाने रन आउट भएका हुन्। ४७.४ बलमा उनी रन लिन दौडिन खोज्दा रन आउट भएका हुन्।
नेपालले यतिबेला ९ विकेट गुमाएर २२९ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।