काठमाडौं– एसिया कप २०२३ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले २०० रन पूरा गरेको छ।
४३ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै नेपालले २०२ रन बनाएको हो। खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ६५ रनको साझेदारी गरेका थिए।
शेख ५८ र भुर्तेल ३८ रनको योगदान गरेर बाहिरिए । नेपालका लागि ओपनर भुर्तेलले २५ बलमा ३८ रनको पारी खेलेका थिए।
त्यसपछि आएका भीम सार्की ७ रन, कप्तान रोहित पौडेल जम्मा ५ रन र कुशल मल्ल जम्मा २ रन बनाएर आउट भएका हुन्।
यसैगरी गुलशन झाले २३ र दीपेन्द्र सिंह ऐरीले २९ रन बनाए। अहिले सोमपाल कामी २८ रनसहित खेलिरहेका छन् भने उनलाई सन्दीप लामिछानेले साथ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।