काठमाडौं- नेपालले सातौँ विकेट गुमाएको छ। श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ४१.१ ओभरमा ऐरीलाई गुमाएको हो। ऐरीले २५ बलमा २९ रन बनाएर आउट भएका हुन्।
ऐरी बाहिरिएपछि क्रिजमा सन्दीप लामिछाने भित्रिएका छन्।
यसअघि नेपालले ३१.५ ओभरमा गुल्सन झालाई गुमाएको छ। उनले ३५ बलमा २३ रन बनाए।
आशिफ शेख ऐतिहासिक अर्धशतक पूरा गरेर आउट भए। उनले ५८ रनको योगदान दिएर आउट भए। उनलाई भारतका मोहम्मद सिराजले विराट कोहलीको हातबाट क्याच आउट गराए।
आशिफको वान डे करिअरमा १० औं अर्धशतक हो। भारतविरुद्ध उनले सोमबार १० औं अर्धशतक बनाएका हुन्।
यसअघि रवीन्द्र जडेजाले भीम सार्की, कुशल मल्ल र कप्तान रोहित पौडेलाई पेविलियन फर्काएका थिए। सार्दुल ठाकुरले कुशल मल्ललाई क्याच आउट गराएका थिए।
भारतविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एकदिवसीय खेलमा एक हजार रन पूरा गरे। उनले ४६ खेल खेल्दै उक्त योगफल बनाएका हुन्।
उनले २२।५९ को औसतमा उक्त रन बनाएका हुन्। उनले यसक्रममा ६ अर्धशतक र एक शतक हिर्काएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।