काठमाडौं- वर्षाले अवरुद्ध एसीसी एसिया कप अन्तर्गत नेपाल-भारतबीचको खेल पुन: सुरु भएको छ।
६ ओभरको क्षतिमा १८३ रन बनाएर नेपालले ब्याटिङ गरिरहेको छ। दिपेन्द्र सिंह ऐरि २८ र सोमपाल कामी १५ रनमा नटआउट छन्।
३७.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो।
समूह ए अन्तर्गत नेपाल र भारतको यो दोस्रो खेल हो। यसअघि नेपाल पाकिस्तानसँग मुल्तानमा २३८ रनले पराजित भएको थियो। यता भारत र पाकिस्तानको म्याच रद्द हुँदा अंक बाँडेका थिए।
आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण रहेको छ। आजको विजेता नै सुपर फोरमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।