काठमाडौं– एसीसी एसिया कप अन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ। समूह ए अन्तर्गत नेपाल र भारतको यो दोस्रो खेल हो।
यसअघि नेपाल पाकिस्तानसँग मुल्तानमा २३८ रनले पराजित भएको थियो। यता भारत र पाकिस्तानको म्याच रद्द हुँदा अंक बाँडेका थिए।
आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण रहेको छ। आजको विजेता नै सुपर फोरमा जानेछ।
अहिले नेपालले ब्याटिङ गरिरहेको छ। टस हारेर ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ।
वर्षातका कारण रोकिएको खेल केही समयपछि सुरु हुनेछ। नेपाली क्रिकेट टोलीको पहिलोपटक भारत विरुद्ध खेल हेर्न नेपाली दर्शकहरुको श्रीलंकाको क्यान्डीमा उल्लेख्य उपस्थिति रहेको छ।
पहिलोपटक भारतविरुद्ध खेलिरहेको नेपालको सपोर्टका लागि समर्थकहरु स्टेडियममा छन्। नेपाली खेलाडीको हौसला बढाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि श्रीलंका पुगेका छन्।
उनीहरु नेपाली समर्थकमाझ बसेर नेपाली टोलीको खेल हेरिरहेका छन्। सुरुवाती आक्रामक ब्याटिङ गरेको नेपाल मध्यक्रममा केही दबाबमा रह्यो। पहिलो पावर प्लेमै नेपालले भारतविरुद्ध ६५ रन बनाएको थियो।
1693830966.jpg)
1693830965.jpg)
1693830964.jpg)
1693830963.jpg)
1693830963.jpg)
1693830962.jpg)
1693830961.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।