काठमाडौं– एसीसी एसिया कपमा नेपालको पाँचौं विकेट पतन भएको छ। श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले २९.५ ओभरमा आशिफ शेखलाई गुमाएको हो।
उनले नेपालका लागि भारतविरुद्ध अर्धशतक पारी खेले। उनले ५८ रनको योगदान दिएर आउट भए। उनलाई भारतका मोहम्मद सिराजले विराट कोहलीको हातबाट क्याच आउट गराए।
आशिफको वान डे करिअरमा १० औं अर्धशतक हो। भारतविरुद्ध उनले सोमबार १० औं अर्धशतक बनाएका हुन्।
यसअघि रवीन्द्र जडेजाले भीम सार्की, कुशल मल्ल र कप्तान रोहित पौडेलाई पेविलियन फर्काएका थिए। सार्दुल ठाकुरले कुशल मल्ललाई क्याच आउट गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।