काठमाडौं– एसीसी एसिया कप अन्तर्गत भारतविरुद्ध पहिलो पावर प्लेमा एक विकेट गुमाएको नेपालले दोस्रो पावर प्लेमा थप तीन विकेट गुमाएको छ।
भारतीय स्पिनरसामु नेपाली ब्याटर एकपछि अर्को असफल हुँदै गएका छन्। २२औं ओभरसम्म आइपुग्दा नेपालले चार विकेट गुमाएको छ।
रोहित पौडेलपछि ब्याटिङ गर्न आएका कुशल मल्ल केही छिनमै आउट भएका छन्। मल्ल पाँच बलको सामना गर्दा जम्मा दुई रन जोडेर पेविलियन फर्किए।
भारतीय स्पिनर रवीन्द्र जडेजा एक्लैले नेपालको तीन विकेट लिएका छन्। उनले भीम सार्की, रोहित पौडेल र कुशल मल्लको विकेट लिएका हुन्।
सुरुवाती आक्रामक ब्याटिङको नेपाल विस्तारै कमजोर देखिँदै आएको छ। भुर्तेलपछि आएका ब्याटरले दोहोरो अंकमा रन जोड्न नसकेरै बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।