काठमाडौं- एसिया कप २०२३ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ। चार विकेटको क्षतिमा नेपालले १०१ रन बनाएको हो।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ६५ रनको साझेदारी गरेका थिए। बाँकी ४५ रन बनाउँदा नेपालले तीन विकेटको क्षति बेहोरेको हो।
नेपालका लागि ओपनर भर्तेलले २५ बलमा ३८ रनको पारी खेलेका थिए। त्यसपछि आएका भीम सार्की ७ रन, कप्तान रोहित पौडेल जम्मा ५ रन र कुशल मल्ल जम्मा २ रन बनाएर आउट भएका हुन्।
आसिफ शेखले ७६ बलमा ४५ रन बनाएर खेलिरहेका छन्। नेपालले २१ दशमलव ५ ओभरको समाप्तिमा १०१ रन बनाएर नेपाल खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।