काठमाडौं– एसीसी एसिया कपमा नेपालको तेस्रो विकेट पतन भएको छ। भीम सार्कीपछि क्रिजमा गएका कप्तान रोहित पौडेल सात बलको सामना गर्दै पाँच रन बनाएर आउट भएका हुन्।
नेपाल विरुद्ध भारतका रवीन्द्र जडेजाले रोहितको विकेट लिएसँगै दोस्रो सफलता मिलेको छ। उनले यसअघि भीम सार्कीलाई बोल्ड आउट गरेका थिए।
यतिबेला नेपालले २१.४ ओभरमा एक सय रन बनाएर खेलिरहेको छ। रोहितको ठाउँमा कुशल मल्ल क्रिजमा आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।