काठमाडौं– एसीसी एसिया कपमा नेपाललाई दोस्रो झड्का लागेको छ। सुरुवाती आक्रामक खेलेको नेपालले दोस्रो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको हो।
रवीन्द्र जडेजाको बलमा उनी बोल्ड आउट भएका हुन्। सार्कीले १७ बलको सामना गर्दै जम्मा सात रन मात्र जोड्न सके।
यतिबेला नेपालले १६.१ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ८१ रन बनाएको छ। यसअघि दशौं ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। भुर्तेलले २५ बलमा ३८ रन जोडेका थिए।
आशिफ शेख भने ५५ बलको सामना गर्दै ३२ रन बनाएर खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।