काठमाडौं– एसिया कप क्रिकेटमा नेपालाई पहिलो विकेटको क्षति भएको छ। टस हारेर भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दशैं ओभरको पाँचौं बलमा कुशल भुर्तेललाई गुमाएको हो।
साथै नेपालले पहिलो पावर प्लेमा ६५ रन जोडेको छ। भुर्तेलले २५ बलमा ३८ रन बनाए। नेपालका लागि आशिफ शेख र भुर्तेलले ६५ रनको साझेदारी गरेका थिए।
अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन्। उनलाई शार्दुल ठाकुरले आउट गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।