काठमाडौं- एसिया कप २०२३ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन्। उनले ४६ खेल खेल्दै उक्त योगफल बनाएका हुन्।
उनले २२.५९ को औसतमा उक्त रन बनाएका हुन्। उनले यसक्रममा ६ अर्धशतक र एक शतक हिर्काएका छन्।
श्रीलंकाको क्यान्डीस्थित पल्लिके क्रिकेट मैदानमा खेल भइरहेको छ। ४ ओभरको समाप्तिमा नेपालले १८ रन जोडेको छ। ओपनर भुर्तेल र आसिफ शेखले ७.७ रन बनाएर खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।