काठमाडौं– एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल सुरु भएको छ। सोमबारको खेलमा रोहित भर्सेस रोहित देखिएका छन्। नेपाली टोलीको नेतृत्व गर्दै कप्तान रोहित पौडेल र भारतीय टोलीको नेतृत्व गर्दै कप्तान रोहित शर्मा मैदानमा उत्रिएका छन्।
२४५ एकदिवसीय खेल खेलिसकेका कप्तान रोहित र ५३ एकदिवसीय खेल खेलेका रोहितको पनि तुलना गर्न मिल्दैन। रनको हिसाबले रोहित शर्मा १० हजारको आंकडा नजिक पुगेका छन्। नेपालका कप्तान रोहित पौडेलले जम्मा १ हजार ४ सय ६९ रन बनाएका छन्।
क्रिकेटमा विश्व विजेता बनिसकेको भारतसँग भर्खरै एसिया कपका लागि योग्य बनेको नेपाल तुलनामा निकै कमजोर छ। मुख्यगरी टिमको अनुभवको कुरा गर्दा आकाश-पातल देखिन्छ।
तिव्र गतिको बलिङको कुरा गर्दा नेपालको सबैभन्दा उच्चतम् गति १३५ किलोमिटर प्रतिघण्टा हो, जबकि भारतीय खेलाडीका लागि यो सामान्य हो। भारतीय बलर औसतमा १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्छन्।
ब्याटिङमा झन् तुलना हुनसक्ने ठाउँ देखिदैन। भारतीय टिमका एक सदस्य विराट कोहलीले एकदिवसीय क्रिकेटमा अहिलेसम्म १२ हजार ९ सय रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।