काठमाडौं- एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीच हुने खेलमा नेपालले टस हारेको छ।
टस जित्दै भारतीय कप्तान रोहित शर्माले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्।
भारतले नेपाललाई ब्याटिङको निम्तो दिइएको छ।
नेपालले भारतसँगको खेलमा एक परिवर्तन गर्दै आरिफ शेखको ठाउँमा भीम सार्कीलाई खेलाउने निर्णय लिएको छ।
खेलाडीहरू
नेपाल– कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), रोहित पौडेल (कप्तान), भीम सार्की, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।
भारत – रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयश ऐयर, ईशान किशन (विकेट किपर), हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी, मोहम्मद सिराज।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।