• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भारत-नेपाल ऐतिहासिक भेट : कुन टिमको कस्तो रहला रणनीति?

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०८०  १३:५६
1140x725

काठमाडौं–  मौसम बाधक नबनेको खण्डमा एसिय कप २०२३ अन्तर्गत सोमबार नेपाली क्रिकेट टिम र भारतीय क्रिकेट टिमको ऐतिहासिक भेट हुँदैछ। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि श्रीलंकाको क्यान्डीस्थित पल्लिकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नजिकको छिमेकीसँग पहिलो भेट जुरेको हो।

भूगोलले निकट भारतसँग क्रिकेटको खेलस्तरमा नेपाल हालसम्म निकै दूर रह्यो। नेपाली खेलाडीहरूले पछिल्ला दिनहरूमा गरिरहेको उत्कृष्ट प्रदर्शनको नतिजा यो ऐतिहासिक भेट हो। नेपाली क्रिकेट समर्थकले भारतसँगको खेलमा नतिजालाई लिएर कुनै तनाब लिएका छैनन्, किनभने उनीहरू क्रिकेटको बादशाह भारतसँगको खेललाई लिएर मात्रै उत्साहित छन्। 

एसिया कप २०२३ को सुपर ४ मा जान नेपाललाई भारतसँग जित्नैपर्ने हुन्छ भने भारतलाई नेपालसँग हार्ने छुट छैन। पाकिस्तानसँग खेल वर्षाले रोकिएपछि अंक बाँडेको भारतलाई नेपालसँग बराबरी गर्दा मात्रै पुग्नेछ। पानीले खेल रद्द भएको अवस्थामा भारतलाई हाइसञ्चो छ। तर, पाकिस्तानसँग ब्याटिङ गर्दा जम्मा २६६ रन बनाएको भारतको टिमको प्रदर्शनलाई लिएर भारतीय क्रिकेटप्रेमी नै बेखुश छन्‍। एउटा पनि खेल नखेली सुपर ४ मा पुग्दा भारतको टिममाथि प्रश्नहरू हुने भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ। आजतकले लेखेको छ,‘पाकिस्तानसँग पहिलो इनिङमा कमजोर प्रदर्शन गरेको भारतीय टिमसँग यसरी अर्को चरणमा पुग्दा उत्तर होइन, प्रश्न हुनेछ।’

त्यसैले नेपालसँग खेल खेलेर आफ्नो बिग्रिएको लय फिर्ता भएको सन्देश भारतीय टिमले दिन चाहेको भारतीय मिडियाले लेखेका छन्। तुलनात्मक रुपमा कमजोर नेपालविरुद्ध शानदार प्रदर्शन गरेर अर्को चरणमा पुग्नेगरी भारतीय टिमले तयारी गरिरहेको छ। 

भारतसँग तुलना
भारतले र पाकिस्तानले नेपाललाई प्रतिद्वन्द्वीका रुपमा नहेरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। नेपाली खेलाडीसँग पाकिस्तानले जसरी प्रेम र प्रोत्साहन जताइरहेका थिए, त्यसरी नै भारतीय टिम पनि प्रस्तुत हुने उल्लेख छ। 

क्रिकेटमा विश्व विजेता बनिसकेको भारतसँग भर्खरै एसिया कपका लागि योग्य बनेको नेपाल तुलनामा निकै कमजोर छ। मुख्यगरी टिमको अनुभवको कुरा गर्दा आकाश-पातल देखिन्छ। 

तिव्र गतिको बलिङको कुरा गर्दा नेपालको सबैभन्दा उच्चतम् गति १३५ किलोमिटर प्रतिघण्टा हो, जबकि भारतीय खेलाडीका लागि यो सामान्य हो। भारतीय बलर ‌औसतमा १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ  गर्छन्।

ब्याटिङमा झन् तुलना हुनसक्ने ठाउँ देखिदैन। भारतीय टिमका एक सदस्य विराट कोहलीले एकदिवसीय क्रिकेटमा अहिलेसम्म १२ हजार ९ सय रन बनाएका छन्। यसैगरी रोहित शर्मा १० हजारको आंकडा नजिक पुगेका छन्। नेपालका कप्तान रोहित पौडेलले जम्मा १ हजार ४ सय ६९ रन बनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२४५ एकदिवसीय खेल खेलिसकेका कप्तान रोहित र ५३ एकदिवसीय खेल खेलेका रोहितको पनि तुलना गर्न मिल्दैन। भारतीय मुख्य बलर जसप्रित बुमराह श्रीमती सुत्केरी भएका कारण नेपालसँगको खेल खेल्ने छैनन्। यो राहतको विषय भए पनि अन्य स्टार बलरहरूले भरिएको भारतसँग नेपाली ब्याटर संघर्ष नै गर्नेछन्। 

के हुन्छ रणनीति?
यति हुँदाहुँदै पनि एउटा गल्तीले खेल समाप्त पार्ने सम्भावना सँधै रहन्छ। त्यसैले भारतीय टिमले खेलका दौरान कुनै पनि कुरामा खेलबाड गर्नेछैन। उसले परिपक्व रणनीति बनाएर शानदार जित निकाल्ने कोशिस गर्नेछ। 

एकदिवसीय विश्वकपको तयारीमा रहेको भारतले एसिया कपलाई त्यसको तयारीका रुपमा लिएको छ। मैदानमा उसले पहिलो रोजाइका खेलाडीीहरू नै नेपालबिरुद्ध उतार्नेछ।

दुई महिनापछि भारतमा हुने एकदिवसीय विश्वकपको तयारीको रूपमा हेरिएको एसिया कपमा भारत आफ्नो पहिलो रोजाइको टोली लिएर श्रीलङ्का पुगेको छ। त्यसैले नेपालविरुद्धको खेलमा पनि भारतले पहिलो टोलीलाई मैदानमा पठाउने छ।

Xtrem

Xtrem

भारतले नेपालसँगको खेललाई जतिसक्यो चाँडो टुंग्याउने रणनीति अख्तियार गर्ने खेल विश्लेषकहरूले बताइरहेका छन्। भारतले टस जितेमा फिल्डिङ रोज्ने सम्भावना बलियो रहेको छ। 

टस जितेको अवस्थामा नेपालको पहिलो रोजाइ पनि फिल्डिङ नै हुनेछ। नतिजालाई तपसिलमा राखेर अनुभव हासिल गर्न मैदानमा उत्रिने नेपाली टोलीले भारतसँग धेरै भन्दा धेरै समय मैदानमा बिताउन यो उत्तर विकल्प हुन्छ। 

भारतले नेपालसँगको खेलमा ब्याटिङ अर्डर परिवर्तन गर्ने संकेत पनि देखिएको छ। पाकिस्तानसँगको खेलमा भारतले तीन नम्बरमा इशान किसनलाई पठाउनेगरी घषणा गरेको थियो तर कप्तान रोहित शर्मा ११ रनमै आउट भएपछि विराट कोहली नै नम्बर ३ मा आए। जबकि घोषणा नम्बर ४ मा भएको थियो। उनी पनि सस्तैमा समेटिए र ६६ रन बनाउँदा भारतको मुख्य ४ ब्याटर पेभेलियन फर्किसकेका थिए। इशान किसनले हार्दिक पान्ड्यासँग १३८ रनको साझेदारी गर्दै पाकिस्तानबिरुद्ध भारतको इज्जत जोगाएका थिए। नेपालसँगको खेलमा किसन नम्बर ३ मै आउनसक्ने बताइएको छ।

सम्भावित–११ 
नेपाल– कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी। 

भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयश ऐयर, ईशान किशन (विकेट किपर), हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, कुलदीप यादव, मोहम्मद शमीर प्रसिद्ध कृष्णा, मोहम्मद सिराज।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्