• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भारत-नेपाल ऐतिहासिक भेट : कुन टिमको कस्तो रहला रणनीति?

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०८०  १३:५६
1140x725

काठमाडौं–  मौसम बाधक नबनेको खण्डमा एसिय कप २०२३ अन्तर्गत सोमबार नेपाली क्रिकेट टिम र भारतीय क्रिकेट टिमको ऐतिहासिक भेट हुँदैछ। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि श्रीलंकाको क्यान्डीस्थित पल्लिकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नजिकको छिमेकीसँग पहिलो भेट जुरेको हो।

भूगोलले निकट भारतसँग क्रिकेटको खेलस्तरमा नेपाल हालसम्म निकै दूर रह्यो। नेपाली खेलाडीहरूले पछिल्ला दिनहरूमा गरिरहेको उत्कृष्ट प्रदर्शनको नतिजा यो ऐतिहासिक भेट हो। नेपाली क्रिकेट समर्थकले भारतसँगको खेलमा नतिजालाई लिएर कुनै तनाब लिएका छैनन्, किनभने उनीहरू क्रिकेटको बादशाह भारतसँगको खेललाई लिएर मात्रै उत्साहित छन्। 

एसिया कप २०२३ को सुपर ४ मा जान नेपाललाई भारतसँग जित्नैपर्ने हुन्छ भने भारतलाई नेपालसँग हार्ने छुट छैन। पाकिस्तानसँग खेल वर्षाले रोकिएपछि अंक बाँडेको भारतलाई नेपालसँग बराबरी गर्दा मात्रै पुग्नेछ। पानीले खेल रद्द भएको अवस्थामा भारतलाई हाइसञ्चो छ। तर, पाकिस्तानसँग ब्याटिङ गर्दा जम्मा २६६ रन बनाएको भारतको टिमको प्रदर्शनलाई लिएर भारतीय क्रिकेटप्रेमी नै बेखुश छन्‍। एउटा पनि खेल नखेली सुपर ४ मा पुग्दा भारतको टिममाथि प्रश्नहरू हुने भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ। आजतकले लेखेको छ,‘पाकिस्तानसँग पहिलो इनिङमा कमजोर प्रदर्शन गरेको भारतीय टिमसँग यसरी अर्को चरणमा पुग्दा उत्तर होइन, प्रश्न हुनेछ।’

त्यसैले नेपालसँग खेल खेलेर आफ्नो बिग्रिएको लय फिर्ता भएको सन्देश भारतीय टिमले दिन चाहेको भारतीय मिडियाले लेखेका छन्। तुलनात्मक रुपमा कमजोर नेपालविरुद्ध शानदार प्रदर्शन गरेर अर्को चरणमा पुग्नेगरी भारतीय टिमले तयारी गरिरहेको छ। 

भारतसँग तुलना
भारतले र पाकिस्तानले नेपाललाई प्रतिद्वन्द्वीका रुपमा नहेरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। नेपाली खेलाडीसँग पाकिस्तानले जसरी प्रेम र प्रोत्साहन जताइरहेका थिए, त्यसरी नै भारतीय टिम पनि प्रस्तुत हुने उल्लेख छ। 

क्रिकेटमा विश्व विजेता बनिसकेको भारतसँग भर्खरै एसिया कपका लागि योग्य बनेको नेपाल तुलनामा निकै कमजोर छ। मुख्यगरी टिमको अनुभवको कुरा गर्दा आकाश-पातल देखिन्छ। 

तिव्र गतिको बलिङको कुरा गर्दा नेपालको सबैभन्दा उच्चतम् गति १३५ किलोमिटर प्रतिघण्टा हो, जबकि भारतीय खेलाडीका लागि यो सामान्य हो। भारतीय बलर ‌औसतमा १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ  गर्छन्।

ब्याटिङमा झन् तुलना हुनसक्ने ठाउँ देखिदैन। भारतीय टिमका एक सदस्य विराट कोहलीले एकदिवसीय क्रिकेटमा अहिलेसम्म १२ हजार ९ सय रन बनाएका छन्। यसैगरी रोहित शर्मा १० हजारको आंकडा नजिक पुगेका छन्। नेपालका कप्तान रोहित पौडेलले जम्मा १ हजार ४ सय ६९ रन बनाएका छन्। 

Ncell 2
Ncell 2

२४५ एकदिवसीय खेल खेलिसकेका कप्तान रोहित र ५३ एकदिवसीय खेल खेलेका रोहितको पनि तुलना गर्न मिल्दैन। भारतीय मुख्य बलर जसप्रित बुमराह श्रीमती सुत्केरी भएका कारण नेपालसँगको खेल खेल्ने छैनन्। यो राहतको विषय भए पनि अन्य स्टार बलरहरूले भरिएको भारतसँग नेपाली ब्याटर संघर्ष नै गर्नेछन्। 

के हुन्छ रणनीति?
यति हुँदाहुँदै पनि एउटा गल्तीले खेल समाप्त पार्ने सम्भावना सँधै रहन्छ। त्यसैले भारतीय टिमले खेलका दौरान कुनै पनि कुरामा खेलबाड गर्नेछैन। उसले परिपक्व रणनीति बनाएर शानदार जित निकाल्ने कोशिस गर्नेछ। 

एकदिवसीय विश्वकपको तयारीमा रहेको भारतले एसिया कपलाई त्यसको तयारीका रुपमा लिएको छ। मैदानमा उसले पहिलो रोजाइका खेलाडीीहरू नै नेपालबिरुद्ध उतार्नेछ।

दुई महिनापछि भारतमा हुने एकदिवसीय विश्वकपको तयारीको रूपमा हेरिएको एसिया कपमा भारत आफ्नो पहिलो रोजाइको टोली लिएर श्रीलङ्का पुगेको छ। त्यसैले नेपालविरुद्धको खेलमा पनि भारतले पहिलो टोलीलाई मैदानमा पठाउने छ।

भारतले नेपालसँगको खेललाई जतिसक्यो चाँडो टुंग्याउने रणनीति अख्तियार गर्ने खेल विश्लेषकहरूले बताइरहेका छन्। भारतले टस जितेमा फिल्डिङ रोज्ने सम्भावना बलियो रहेको छ। 

टस जितेको अवस्थामा नेपालको पहिलो रोजाइ पनि फिल्डिङ नै हुनेछ। नतिजालाई तपसिलमा राखेर अनुभव हासिल गर्न मैदानमा उत्रिने नेपाली टोलीले भारतसँग धेरै भन्दा धेरै समय मैदानमा बिताउन यो उत्तर विकल्प हुन्छ। 

भारतले नेपालसँगको खेलमा ब्याटिङ अर्डर परिवर्तन गर्ने संकेत पनि देखिएको छ। पाकिस्तानसँगको खेलमा भारतले तीन नम्बरमा इशान किसनलाई पठाउनेगरी घषणा गरेको थियो तर कप्तान रोहित शर्मा ११ रनमै आउट भएपछि विराट कोहली नै नम्बर ३ मा आए। जबकि घोषणा नम्बर ४ मा भएको थियो। उनी पनि सस्तैमा समेटिए र ६६ रन बनाउँदा भारतको मुख्य ४ ब्याटर पेभेलियन फर्किसकेका थिए। इशान किसनले हार्दिक पान्ड्यासँग १३८ रनको साझेदारी गर्दै पाकिस्तानबिरुद्ध भारतको इज्जत जोगाएका थिए। नेपालसँगको खेलमा किसन नम्बर ३ मै आउनसक्ने बताइएको छ।

सम्भावित–११ 
नेपाल– कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी। 

भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयश ऐयर, ईशान किशन (विकेट किपर), हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, कुलदीप यादव, मोहम्मद शमीर प्रसिद्ध कृष्णा, मोहम्मद सिराज।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रमेश लेखकले आज आयोगमा बयान दिने
आज यस्तो रहनेछ देशभरको मौसम
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित सामग्री
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। मंगलबार, पुस ८, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
रमेश लेखकले आज आयोगमा बयान दिने सोमबार, पुस १४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम सोमबार, पुस १४, २०८२
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्