काठमाडौं– भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर जसप्रित बुमाराह छोराको पिता बनेका छन्। नेपालसँग सोमबार हुने खेल छाडेर आइतबार भारत फर्किएका उनले ट्विटरमार्फत् आफू पिता बनेको जानकारी गराएका हुन्।
उनले केहीबेरअघि ट्विट गर्दै आफूले सन्तानका रुपमा छोरा पाएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रो सानो परिवारमा वृद्धि भएको छ। आज बिहान हामीले सानो केटोलाई स्वागत गरेका छौं। अंगद् जसप्रित बुमराह यो संसारमा आएको छ।’
जसप्रितले टिभी पर्सनालिटी सन्जना गणेशनसँग सन् २०२१ मार्चमा विवाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।