काठमााडौं– आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपालले बलिङ गरिरहेको छ।
खेलको १६ ओभर सकिँदा नेपालले भुटानको ६ विकेट लिएको छ। भुटानले जम्मा अहिलेसम्म २९ रन बनाएको छ।
मलेसियामा टस जितेर नेपालले बलिङ रोजेको हो। नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।
भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो। दोस्रो खेलमा कतारलाई हराएको थियो। भुटान पनि दोस्रो जितका साथ सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ।
नेपालले चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ। नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ।
नेपालको प्लेईङ-११
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।