काठमाडौं– एसिया कप अन्तर्गत श्रीलंकाकी क्यान्डीमा भएको भएको भारत–पाकिस्तानविरुद्धको खेल रद्द भएको छ।
पहिलो इनिङ सकिँएपछि सुरु भएको वर्षा नरोकिँदा दोस्रो इनिङ सुरु हुन सकेन। निरन्तर वर्षा भइरहेपछि खेल रद्द गरिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो।
यससँगै भारत र पाकिस्तान दुवैले अंग बाँडेका छन्। यससँगै पाकिस्तान एसिया कपमा सुपर फोरमा स्थान बनाउने पहिलो टोलीसमेत बनेको छ।
भारत पाकिस्तानको खेल रद्द हुँदा नेपालको सुपर फोरमा जाने सम्भावना भने जिवितै रहेको छ। यदि आजको खेलमा भारतले पाकिस्तानलाई हराएको भए नेपालको सुपर फोरमा जाने सम्भावना हुन्थेन।
अब भारतलाई सुपर फोरमा जान नेपालसँग जित्नैपर्ने दबाब रहेको छ। तर १८ गते हुने खेलमा नेपालले भारतलाई हराउन सके सुपर फोरमा नेपालले स्थान बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।