काठमाडौं– एसिया कप अन्तर्गत श्रीलंकाकी क्यान्डीमा भएको खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ।
करिब ८ बजे पहिलो इनिङ सकिएको थियो। दोस्रो इनिङ साढे ८ बजेदेखि सुरु हुने भए पनि वर्षाका कारण खेल रोकिएको छ।
निरन्तर वर्षाका कारण खेल सुरु हुन सकेको छैन। केहीबेर वर्षा रोकिँदा खेल्नका लागि खेलाडी मैदानमा उत्रिँदै गर्दा फेरि वर्षा भएपछि खेल रोकिएको छ।
यसअघि भारतले ४८ दशमलव ५ ओभरमा २६६ रन बनाउँदै अलआउट भएको थियो।
ओभर कम हुँदा कति हुनेछ लक्ष्य?
वर्षाका कारण ओभर घटाउँदा लक्ष्य पनि कम हुनेछ। यदि खेल ४५ ओभरमा झारियो भने पाकिस्तानले २५४ रनको लक्ष्य पाउनेछ।
यस्तै ४० ओभरको हुँदा लक्ष्य २३९, ३० ओभरमा झार्दा २०३ रन र २० ओभरमा झार्दा पाकिस्तानका लागि १५५ रनको लक्ष्य हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।