काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपको तेस्रो खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलव ५ ओभरमा २६६ रन बनाउँदै अलआउट हुन पुग्यो। भारतका लागि उपकप्तान हार्दिक पाण्ड्यालेे सर्वाधिक ८७ तथा इशान किशनले ८२ रनको अर्धसतकीय पारी खेले।
पाकिस्तानका तर्फबाट शाहिन साह अफ्रिदीले चार विकेट लिँदा हरिस रौफ र नसीम शाहले तीन/तीन विकेट लिए।
भारतका कप्तान रोहित शर्मा र स्टार खेलाडी विराट कोहली भने आज जम्न सकेनन्। कप्तान शर्मा ११, शुभमन गिल १०, विराट ४ तथा श्रेयस अय्यर १४ रन बनाउँदै आएट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।