काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपमा पाकिस्तानले भारतको पाँचौं विकेट लिएको छ।
पाकिस्तानका हरिस रौफले हार्दिक पाण्ड्या र इशान किशनको उत्कृष्ट पार्टनरशिप तोडेका हुन्। रौफले किशनलाई कप्तान बाबर आजमबाट क्याच आउट गराएका हुन्। रौफले तीन विकेट लिएका छन्।
किशन ६९ बलमा ६६ रन बनाएर आउट भएका हुन्। अहिले हार्दिक पाण्ड्याले ७५ बलमा ६६ रन बनाएर खेलिरहेका छन्। किशन आउट भएपछि रवीन्द्र जडेजा क्रिजमा आएका छन्।
भारतले यतिबेला ३९ ओभरको समाप्तिमा २०९ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।