काठमाडौं– श्रीलंकाको क्यान्डीमा जारी एसिया कप अन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई दोस्रो झड्का लागेको छ।
पाँचौं ओभरमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले सातौं ओभरको सुरुवातीमै अर्का ब्याटर बिराट कोहलीलाई गुमाएको छ।
पाकिस्तानका साहिन साह अफ्रिदीले कोहलीको विकेट लिएका हुन्। रोहितको विकेट पनि अफ्रिदीले नै लिएका हुन्।
कोहली पाँच बलमा ४ रन बनाउँदै आउट भएका हुन्। भारतले अहिले दुई विकेट गुमाएर २९ रन बनएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।