काठमाडौं– केही बेर पानी परेपछि रोकिएको पाकिस्तान र भारतविरुद्धको खेल सुचारु हुनेबित्तिकै भारतलाई पहिलो झड्का लागेको छ।
भारतका कप्तान रोहित शर्मा आउट भएका छन्। पाकिस्तानका साहिन अफ्रिदीले रोहितलाई बोल्ड आउट गरेका हुन्।
यसअघि पाँचौं ओभर जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो। श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले यतिबेला एक विकेट गुमाउँदै १७ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।