काठमाडौं– एशिया कप २०२३ अन्तर्गत आजको खेलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ।
भारतले टस जितेर ब्याटिङ रोजेको हो। टस जित्दै भारतीय कप्तान रोहित शर्माले भने, ‘हामी मौसमको बारेमा धेरै चिन्ता गर्दैनौं।’
पाकिस्तानको यो दोस्रो खेल हो भने भारतको पहिलो हो। यसअघि नेपाललाई जितेको पाकिस्तान खुलेर खेल्नेछ। भारत र पाकिस्तान चार वर्षपछि आमने-सामने हुन लागेका हुन्।
भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, ईशान किशन (विकेटकीपर), हार्दिक पाड्या, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, शार्दूल ठाकुर, मोहम्मद सिराज र कुलदीप यादव।
पाकिस्तान: बाबर आजम (कप्तान), फखर जमान, इमाम-उल-हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकीपर), शादाब खान, मोहम्मद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस रौफ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।